चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्दै सांस्कृतिक संघ

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघले ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति’ विषयक विचार गोष्ठी आयोजना गर्दै छ । गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।

स्थानीय तह निर्वाचनको संघारमा संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्न लागेको हो । संघका महामन्त्री शिवशंकर प्रसाद रिजालले गोष्ठीमै संघले तयार गरेको चुनावी गीत र प्रचारप्रसारको श्रब्यदृश्य सामग्रीसमेत सार्वजनिक गरिने जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार