राष्ट्रपति भण्डारीले लगाइन कोरोना विरुद्धको खोप  

मंगलबार, चैत ३, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले सोमबार खोप लगाएकी हुन् ।  खोप लगाइसकेपछि उनले भनिन्, ‘विश्व नै कोरोना महामारीका कारण आक्रान्त भइरहेको बेलामा वैज्ञानिकले अध्ययन एवं परीक्षण गरेर कोरोना विरुद्धको खोप हामीलाई उपलब्ध भएको छ । यो निकै खुशीको कुरा हो ।’  सरकारले नेपालमा समयमा नै कोरोना विरुद्धको खोप ल्याएर चरणवद्ध रुपमा लगाउन शुरु गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरिन् ।  पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाएको र अन्यले पनि चरणबद्ध रुपमा लगाइरहेको सन्दर्भमा राष्ट्रपतिले आफ्नै उमेर समूह पर्खेर बसेको जानकारी दिइन् ।  ‘ज्येष्ठ नागरिकलाई पनि लगाउने क्रम चलेको छ । म मेरै उमेर समूह पर्खेर बसेको थिए । यसैबीचमा मैले मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने कार्यक्रम तय भयो’ उनले भनिन्, ‘खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’ राष्ट्रपति भण्डारीले कही दिनभित्रै छिमेकी मित्रराष्ट्र बङ्गलादेशको भ्रमण गर्न लागेकी छन् ।
राष्ट्रपतिले निर्धक्क भएर खोप लगाउन सवैलाई आग्रह गरेकी छन् । उनले कोरोनाविरुद्ध जनतालाई जागृत गराउँदै जोखिम न्यूनीकरण गर्न सफलता पाएकामा नेपाल सरकारलाई चिकित्सक, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ताको प्रंशसा गरेकी छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार