ललितपुर  महानगरका कांग्रेस उम्मेदवार चिरीबाबुले भने, ‘मेरो नाममा कुनै बेरुजु छैन ।’

बिहीबार, वैशाख १५, २०७९

ललितपुर।  ललितपुर महानगरपालिकाका मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो नाममा कुनैपनि बेरुजु रकम नभएको प्रष्ट पारेका छन् । महर्जन बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेखित संस्थागत बेरुजु नगरप्रमुखको व्यक्तिगत जवाफदेहिता अन्तर्गत नपर्ने कानुनी व्यवस्था अनुरुप बेरुजुको बारेमा स्पष्ट पार्दै निवेदन दिएका हुन् । महर्जन ललितपुर महानगरपालिकाका निवर्तमान मेयर हुन् । निर्वतमान मेयर तथा  नगर प्रमुखको उम्मेदवार  महर्जनले निवेदनमा भनेका छन् , ‘ संघीय, सरकार, प्रदेश सरकार, स्थानीय सरकार  एवं संगठित  संस्थाहरुको कुनै पनि तहहरुमा मेरा नाममा कुनै पनि पेश्की , बेरुजु , असुल उपर गर्नुपर्ने बेरुजु नभएको अवगत गराउँछु । ’ उनले निवेदनमा अगाडि भनेका छन् , ‘ यसरी संस्थागत रुपमा कायम रहेको बेरुजुको सम्बोधन संस्थागत प्रक्रियाबाट नै फछ्यौट हुने र भइरहेको व्यहोरा अनुरोध गर्दै त्यस्ता बेरुजुको विषय नगर प्रमुखको व्यक्तिगत जवाफदेहिता भित्र नपर्ने प्रचलित कानूनी व्यवस्था रहेको समेत स्मरणार्थ अनुरोध गर्दछु । ’
वडा नं.१८ का  गोपाल डंगोलले दिएको उजुरीमा उल्लेख गरिएको बेरुजुको रकम ७१ करोड ६५ लाख रकम २५ वटा स्थानीय तहका बेरुजु रकम हो । ती स्थानीय तहहरु विराटनगर,पर्सा, भरतपुर, हेटौंडा, जनकपुर, वुटवल, धनकुटा, लाहान ,विदुर, व्यास, सिद्धार्थनगर, भेरी, भिमदत्त, नगरपालिका लगायतका हुन् । यी २५ वटा स्थानीय तहहरुले खर्च गरेको प्रशासनिक खर्च अन्तर्गत यो रकम महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।  

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार