कांग्रेसका वडा सभापति एमालेबाट अध्यक्ष उम्मेद्‌वार

बिहीबार, वैशाख १५, २०७९

पोखरा, १४ वैशाख । गठबन्धनका कारण कांग्रेसबाट उम्मेद्वार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेद्वार बनेका छन् । गलकोट नगरपालिका-६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् । कांग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए । उनीमात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेद्वारी दिएकी यमुना देवी शर्मा पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् । उनी यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् । शर्माले कांग्रेसबाट उपमेयरको टिकट मागेकी थियन् । जैमिनीमा कांग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०१:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार