सोसल मिडिया
Contact Us
युनिकोड
बैंकक । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आज कोरोनाभाइरसविरुद्धको खोप लगाउँदै छन् । रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाको खोप लगाउन स्थगित गरेको भन्दै थाईल्यान्डले समेत शुक्रबार खोप अभियान स्थगित गरेको थियो । तर उपप्रधानमन्त्री तथा सार्वजनिक स्वास्थ्य मन्त्री अनुतिन चार्नभिराकुलले भने खोप सुरक्षित नै रहेको दावी गरेका छन् । प्रधानमन्त्री ओचाले मंगलबार त्यही खोप लगाउन लागेका हुन् । मन्त्रिपरिषद्का सदस्यमध्ये ६० बर्ष उमेर पुरा भएका अन्य मन्त्रीलाई पनि मंगलबार खोप लगाउने कार्यक्रम रहेको उनले बताए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लगायतका धेरै स्वास्थ्य निकायहरूले अस्ट्राजेनिकाको कोभिड खोपमा कुनै समस्या नरहेको दाबी गरेपनि केही देशहरूमा खोप अभियान स्थगित गरिएको छ । वैज्ञानिकहरूले कोभिडलाई परास्त गर्न खोप एकमात्र भरपर्दो साधन रहेको बताएका छन् । विश्वमा हाल कोरोनाभाइरसको संक्रमणबाट २६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तर अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड खोपका कारण मानिसको शरीरमा रगत जमेको भन्ने रिपोर्टका आधारमा बिहीबार डेनमार्क, नर्वे, आइसल्यान्ड, इटाली र रोमानीयाले अस्ट्राजेनिकाको खोप लगाउन रोकेका छन् । स्वास्थ्यसम्बन्धी नियामक निकायहरूले खोपकै कारण रगत जमेको भन्ने ठोस प्रमाण नभेटिएको जनाएका छन्, तर सावधानीका लागि खोप अभियानमा ढिलाई गरिएको युरोपेली मुलुकहरूको भनाइ छ । खोप अभियान राम्रोसँग सञ्चालन गर्न नसकेको युरोपले खोप अभियानलाई अझ बढावा दिन संघर्ष गर्नु परिरहेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकामाथि निरन्तर पर्याप्त आपूर्ति व्यवस्था मिलाउन दबाब दिइरहेको छ ।–सिन्ह्वा