शङ्कास्पद २२ चिनियाँमाथि अनुसन्धान जारी

बुधबार, वैशाख १४, २०७९

काठमाडौँ, १३ वैशाख । अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी र्दिए । अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उनले जानकारी दिए । उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको छ । भिसा सकिएकाको हकमा डिपोर्टको प्रक्रिया थालिएको र अन्यले व्यापार गरे÷नगरेको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार