Tihar Banner
Tihar Banner

सिड्नी विमानस्थलमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला, २७ वर्षीय युवकविरुद्ध मुद्दा

बिहीबार, कात्तिक २६, २०८३

सिड्नी । अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ । प्रहरीका अनुसार गत नोभेम्बर ८ मा विमानस्थलमा गरिएको मोबाइल फोन परीक्षणका क्रममा उक्त सामग्री फेला परेको थियो । त्यसपछि घटनाबारे थप अनुसन्धान अघि बढाइएको हो । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीसँगको सहकार्यमा गरिएको अनुसन्धानका क्रममा दक्षिण–पश्चिम सिड्नीस्थित एक निवासमा खानतलासी गरिएको थियो । सो क्रममा थप विद्युतीय उपकरणहरू बरामद गरी फरेन्सिक परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्रीलाई पीडितविहीन अपराधका रूपमा हेर्न नमिल्ने स्पष्ट पारेको छ । यस्ता प्रत्येक तस्बिर वा भिडियोको पछाडि दुव्र्यवहार र शोषणमा परेका बालबालिकाको पीडा जोडिएको प्रहरीले जनाएको छ । प्रहरीले बालबालिकामाथि हुने यौन शोषणसँग सम्बन्धित सामग्रीको उत्पादन, भण्डारण र प्रसार गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध अनुसन्धान र कारबाही जारी रहने जनाएको छ । आरोपितमाथिको अनुसन्धान जारी रहेकाले अदालतबाट दोषी ठहर नभएसम्म उनलाई निर्दोष मानिने अस्ट्रेलियाली कानुनी सिद्धान्त लागू हुन्छ वकिलहरुको जिकीर छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार