थपिए ५३ सङ्क्रमित   

सोमबार, चैत २, २०७७

काठमाडौं। देशभरमा आइतबार ५३ जना सक्रिय सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७७ सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएका ७७  गरी आजसम्म दुई लाख ७१ हजार ३२६ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार २३१ पुगेको छ । काठमाडौँमा १९ नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी दुई हजार ६१५ नमूना परीक्षण भएको थियो । हालसम्म २२ लाख १५ हजार ४११ नमूना परीक्षण भइसकेको छ । प्रति १० लाख जनसङ्ख्यामा ७६ हजार ३४ परीक्षण भएको बताइएको छ । कोभिड–१९ कारण हालसम्म देशभरका तीन हजार १४ को मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैले पनि ज्यान गुमाएका छैनन् ।  हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ४७ रहेको बताइएको छ । सरकारले देशभरमा हाल कोभिडविरुद्धको खोप लगाइरहेको छ । आजसम्म खोप लगाउनेको सङ्ख्या १४ लाख ७७ हजार ७१३ रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार