राजीनामा दिन्नँ ः प्रधानमन्त्री

पार्टी एकता धरमरमा 
बुधबार, कात्तिक १९, २०७७

काठमाडौँ ः प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको बुधबार बिहान उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि परिस्थिटतिमा म राजीनामा दिन्न । ’ 
पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारेका हुन् । उनले भने,‘तपाईंहरु विचार गर्नुस के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन् । त्यो मैले दोहो¥याएर भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’ 
प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छकी भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।

उनले भने,‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पु¥याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस । यो सरकार फेरिन्छ कि बदलिन्छ कि धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन् त्यसबाट प्रभावित नहौं ।’
प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए । उनले भने,‘एकथरी अस्थिरताको खेती गरिरहने देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ केहीको । एडिक्ट भएका छन कोही ।’कुनै पनि परिस्थितिमा 

टिचिङमा नयाँ भवन 
मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको मनमोहन सेन्टर एनेक्स भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनको प्रधानमन्त्री ओलीले बुधबार उद्घाटन गरे । उक्त भवनमा  २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको छ । उक्त भवनको लागत २५ करोड रुपैयाँ रहेको छ । 
सबै ४१ शय्यामा मोनिटर रहने र सबै मोनिटर सेन्ट्रल मोनिटर हुने अस्पतालका निर्देशक डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । अस्पतालमा हाइब्रिड कार्भिडो भास्कुलर अपरेटिङ थिएटर समेत निर्माण हुँदै गरेको छ । यस थिएटरबाट एकै समयमा शल्यक्रिया र क्याथ ल्याबको काम गर्न सकिने छ । 
उक्त थिएटर ६ महिनापछि सुरु हुनेछ । यो हाइब्रिड थिएटर नेपालकै पहिलो थिएटर रहेको अस्पतालको दाबी छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार