विदेशमा कोभिड–१९ सङ्क्रमणबाट निधन हुने शून्य

आइतबार, चैत १, २०७७

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । पछिल्लो ६ सातायता पहिलो पटक विदेशमा सङ्क्रमणका कारण हुने मृत्यु शून्य भएको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्षदेखि विश्वव्यापीरुपमा फैलियो कोरोना भाइरस सङ्क्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३४१ नेपालीको निधन भएको थियो ।   
गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता कोरोना सङ्क्रमण दरमा समेत उल्लेख्यरुपमा कमी आएको छ । यस साता स्वीडेन, स्पेन, केन्या, युएइमा रहेका थप नेपालीमा  थप कोरोना सङ्क्रमण देखिएको छ ।   
उनका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३०७  नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६१ हजार २३७  सङ्क्रमण मुक्त भएका छन् । कोरोनाका कारण नेपालमा तीन हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७५ हजार १७८ जना भने दुई लाख ७१ हजार २४९ कोरोनाबाट मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।  

ढुक्क भएर खोप लगाऔँ  
समितिका संयोजक डा सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोप सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । उनले केही अपवादबाहेक खोप प्रयोगबाट  गम्भीर समस्या नदेखिएकाले  खोप लगाउन आह्वान समेत गरे । 

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार