सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुकाअनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ३३ हजार ७२८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार सङ्क्रमितहरुको सङ्ख्या गत ८३ दिनपछिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाए । यसअघि योभन्दा धेरै गत डिसेम्बर २० तारिखमा २६ हजार ६२४ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म एक लाख ५८ हजार ४४६ जनाको मृत्यु भएको छ । तीमध्ये १४० जनाको शनिबार बिहान ८ बजेभन्दा अगाडि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले दुई लाख दुई हजार २२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ९६.८२ प्रतिशत रहेको छ ।– पिटिआई