चुनावका बेला गलत समाचारबाट बच्नुपर्छ’

मंगलबार, वैशाख ६, २०७९

काठमाडौँ, ६ वैशाख  । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताएका  छन्  । उनले भने , “यस्तो बेलामा ‘फेक न्युज’को कारखाना नै चल्न सक्ने खतरा रहन्छ, त्यसैले हरेक समाचार छाप्नुअघि सचेत रहनुपर्छ र हरेक सञ्चारगृहले आफ्ना सञ्चारकर्मीलाई यस विषयमा सचेत रहन भन्नुपर्छ ।”  

विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पु¥याउनुपर्नेमा उनको सुझाव थियो । निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा आज आयोजना गरेको सञ्चारकर्मीको एकदिने अभिमुखीकरण कार्यक्रममा उनले मिथ्या सूचना, दुष्प्रचार र गलत समाचारबाट प्रत्येक सञ्चारकर्मी जोगिनुपर्ने बताउए  ।

उनले विश्वसनीयताकै कारण पत्रकारिता जगत् बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयं जुट्न आग्रह गरे  । निर्वाचनका समयमा निर्वाचन आचारसंहितको पालना गर्ने पहिलो पङ्क्तिमा सञ्चारकर्मी हुने भएकाले नै राजनीतिक नेताहरुले आचारसंहिता उल्लङ्घन गरेमा सचेत गराउन सक्ने उनको तर्क थियो ।

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले यही वैशाख १ गतेदेखि रेडियो, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमन सुरु गरिसकेको बताउँदै आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गरिने जानकारी पनि उनले दिए  । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार