एपीएफका दिपेश र पुलिसका विष्णु क्वाटरफाइनलमा 

शनिबार, फागुन २९, २०७७

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका दिपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफका धामीले नेपाली सेनाका सन्तोष पनेरुलाई २१–१४ र २१–१२ अङ्कले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।  यस्तै नेपाल पुलिसका कटुवालले सेनाका डेभिड थापालाई २३–२५, २१–१९ र २१–१७ अङ्कले पराजित गरेका हुन् ।  यसैगरी पुरुष एकलतर्फ सेनाका पविन लिनथेप, सेनाका रुकेश महर्जन र भोजबहादुर गुरुङ, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्यले आ–आफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  तारकेश्वर नगरपालिकाको आयोजनामा भएको उक्त प्रतियोगितामा महिला एकलतर्फ धादिङकी तारा आले र नेपाली सेनाकी प्रार्थना देउवा पनि क्वाटरफाइनलमा प्रवेश गरे ।  आलेले सेनाकी डेमोना केसीलाई २१–१० र २१–७ अङ्कले तथा देउवाले बुटवलकी प्रतिष्ठा अर्याललाई २१–६ र २१–७ को सोझो सेटमा पराजित गरे ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार