साढे दुई करोड भारतीयले लगाए कोरोना खोप

शुक्रबार, फागुन २८, २०७७

नयाँ दिल्ली । भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् । देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  बिहीबार दिउँसो १ बजेसम्म अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले खोप लगाएका छन् ।
खोपका कूल उपभोक्तामध्ये ७१ प्रतिशतले सरकारी सेवामार्फत खोप लगाएका छन् भने अरु २९ प्रतिशतले निजी क्षेत्रबाट खोप लगाएको  मन्त्रालयका सचिव राजेश भूषणले जानकारी दिए ।  भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेक्रम रोकिएको छैन । स्वास्थ्य सचिव भूषणका अनुसार पुने, नागपुर, थाने, मुम्बई, बेङ्गलोर, एर्नाकुलम, अमरावती, जलगाउँ, नासिक, औरङ्गबादलगायतका क्षेत्रमा धेरै सङ्क्रमित छन् ।   महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि एक लाखभन्दा बढी सङ्क्रमित सक्रिय अवस्थामै रहेको पनि उनले जानकारी दिए ।  ‘धेरै सङ्क्रमित रहेका दश जिल्लामध्ये आठ जिल्ला महाराष्ट्र प्रदेशका मात्रै छन्’ उनले पत्रकार सम्मेलनमा भने । त्यसैगरी मध्य प्रदेश, गुजरात र हरियाना प्रदेश पनि धेरै सङ्क्रमित भएको प्रदेशमा पर्दछन् । भारतमा पछिल्लो २४ घण्टामा थप २२ हजार ८५४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १२६ सङ्क्रमितको मृत्यु भएको छ ।–एएनआई
 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०३:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार