सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा विगत २४ घण्टामा २,१०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको । यो अवधिमा १७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा देशभरि ९,८०५ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् । केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा संक्रमण देखिने क्रम देखिएको छ । यसप्रति जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् । तर पर्याप्त संख्यामा परीक्षण नभएको र लक्षणविहीन व्यक्तिहरूले हतपत परीक्षण गराउन चासो नदेखाउने भएकाले संक्रमितको संख्या धेरै हुनसक्ने उनीहरूको भनाइ छ । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र संक्रमित फेला पर्ने क्रम अहिले क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख १५ हजार नाघेको छ । अहिले पुष्टि भएका २८,१०६ जना सक्रिय संक्रमित छन् । सरकारको तथ्यांंकअनुसार बिहीवारसम्म नेपालमा १,२७६ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । कति जना निको भए ? मन्त्रालयले बिहीवार अपराह्न प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,८५८ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल एक लाख ८५ हजार ६३८ जना निको भएको सरकारी तथ्यांक छ । संक्रमितहरू निको हुने दर ८६ प्रतिशत पुगेको छ । गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।