सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ ः पछिल्लो समय काठमाडौं उपत्यका कोरानो भाइरसको हट स्पट बन्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने कोरोना संक्रमितको तथ्याङकले यो तथ्य पुष्टि गरेको छ । बुधबार काठमाडौं उपत्यकामा थप १ हजार ८७८ कोरोना संक्रमित देखा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार काठमाडौंमा १५७० भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ छ । हालसम्म पीसीआर विधिबाट १४ लाख ९४ हजार १२२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३०५ जना छन् । जथाभावी औषधि सेवन नगर्न आग्रह होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले बुधबार आयोजना गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह नलिइ कोरोना संक्रमण निको भएकासँग सोधेर औषधि खाने गरेको पाइएकाले जथावाही औषधि नखान सचेत गरिएको बताए । उनले जथाभावी औषधि खाँदा स्वास्थ्यमा नकरात्मक असर पर्ने हुँदा चिकित्सकको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे । उनले होम आइसोलेसनमा बस्दा आफूलाई व्यस्त राख्न फिल्म हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने जस्ता मन भुलाउन र सिर्जनात्मक काम गर्न सुझाए ।