सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन । युरोपेली संघका सदस्य राष्ट्रहरूले आगामी अप्रिलदेखि मासिक १० करोड खोप पाउने भएका छन् । युरोपेली संघका प्रमुख उर्सुला भोन डर लेयनले संघ अन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए । खोप उत्पादकहरूले ठूलो मात्रामा खोप उपलब्ध गराउने आश्वासन दिइसकेको पनि उनले बताए । प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको उनको भनाइ छ । युरोपेली संघले वायोएनटेक, अस्ष्ट्राजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ । मासिक १० करोड खोप युरोपेली संघका मुलुकहरूमा आउनु आँफैमा ठूलो उपलब्धि भएको पनि उनले जानकारी दिए । युरोपेली संघ अन्तर्गत रहेको २७ मुलुकमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
कम्बोडियाका सवै खेल गतिविधि बन्द कम्बोडियामा तत्कालका लागि सवै खेल गधिविधिहरू बन्द गर्न निर्देशन दिइएको छ । समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरू बन्द गर्न सरकारी अधिकारीले सोमबार निर्देशन दिएका हुन् । कम्बोडियामा अघिल्लो महिनादेखि कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्यामा बृद्धि हुँदै गएको छ । ‘पछिल्लो समयमा समुदायस्तरमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्यामा अत्यधिक बृद्धि भइरहेको छ’, शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको विज्ञप्तिा उल्लेख छ । राजधानी नोमपेनसहित विभिन्न प्रदेशहरूमा अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि खेलकुँदका गतिविधिहरू नगर्न व्यक्तव्यमा निर्देशन दिइएको छ । जीम, खेल क्लबहरू, भेला तथा भेटघाट, प्रतियोगिता, प्रशिक्षण लगायतका कुनै पनि गतिविधि गर्न पाइने वक्तव्यमा उल्लेख गरिएको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियामा कोरोनाभाइरसको महामारी फैलिएकाले विद्यालय, चलचित्र घर, प्रदर्शनीलगायतका क्षेत्र समेत बन्द गरिएको छ । त्यसैगरी भिडभाड हुने अन्य गतिविधिहरूका लागि पनि प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।–सिन्ह्वा