Dashain Banner
Dashain Banner

सम्पदा संरक्षणका ललितपुर महानगरको अर्को प्रशंसनीय काम 

पायो जात्रा अक्षयकोषलाई २५ लाख 
सोमबार, चैत १४, २०७८

ललितपुर। ललितपुर महानगरले पायो जात्राको अक्षयकोषको लागि २५ लाख हस्तान्तरण गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठलाई चेक हस्तान्तरण गरे । पायो जात्रा (खड्ग जात्रा) दसैंको बेलामा पाटन दरबार क्षेत्रमा देखाइन्छ । यो जात्रा ललितपुरको प्रसिद्ध जात्रा हो । नगरप्रमुख महर्जनले आर्थिक अभावमा जात्रा रोकिनुपर्ने अवस्था नआओस् भनेर अक्षयकोषका लागि सहयोग गरेको बताए । उनले भने, ‘ बजेट पुस्तिकामा नै उल्लेख गरेर २५ लाख हस्तान्तरण ग¥यौं, यसलाई बढाउँछौं । ’ नगरप्रमुख महर्जनले अक्षयकोष भएपछि आर्थिक अभावकै कारण जात्रा रोकिनुपर्ने अवस्था नआउने बताए । २४ वर्षसम्म रोकिएको यो जात्रा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको थियो  । नगरप्रमुख महर्जनले भने, ‘ उद्योग वाणिज्य संघ, ललितपुर लगायत सम्पदाप्रेमीसँग सहकार्य गरेर हामीले यो जात्रालाई हामी जितेर आएपछि निरन्तर ग¥यौं । ’ नगरप्रमुख महर्जनले मूर्त र अमूर्त सम्पदाबीच अन्योन्याश्रीत सम्बन्ध रहेको बताए । मठमन्दिर, देवालय, शिवालय मूर्त सम्पदा हुन् भने । जात्रा पर्व अमूर्त सम्पदा हुन् । व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले अक्षयकोषका लागि महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । उनले भने, ‘ महानगरपालिकाले जात्राको निरन्तरताको लागि चासो र सहयोगप्रति धन्यवाद छ , अक्षयकोषलाई थप सहयोगको अपेक्षा गर्दछौं । ’ महानगरले कात्तिक नाचको अक्षयकोषका लागि  लागि १ करोड, रुद्रायणी नाचको अक्षयकोषको लागि ५० लाख र हरिसिद्धि नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण गरिसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार