सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको छ ।