जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान

आइतबार, फागुन २३, २०७७

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सबैलाई आह्वान गरेका छन् । त्यसका लागि दुई वटा उपाय भएको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए । ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उनले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सबैको साझा दायित्व भएकोमा पनि जोड दिए ।  ‘भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ’ प्रधानमन्त्री मोदीले भने ।  अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए ।  उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सबैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको उल्लेख गरे ।  ‘कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ’ उनले भने ।– एएनआई

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०६:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार