चिनियाँ खोप सिनोफर्म अरब लिगमा प्रयोग 

आइतबार, फागुन २३, २०७७

कायरो । चीनले अरब लिगलाई कोभिड–१९ का विरुद्धको खोप उपलब्ध गराएको छ । चीन सरकारले सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो । इजिप्टको कायरोमा रहेको अरब लिगको सचिवालयमा इजिप्टका लागि चिनियाँ राजदूत लियो लिकियाङले खोप हस्तान्तरण गरेका हुन् ।  चिनियाँ राजदूत लिकियाङले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गरे ।  उनले बहिरी विश्वमा जे जस्तोसुकै राजनीतिक अवस्था भए पनि चीन र अरब विश्वका देशबीचको सम्बन्ध राम्रो रहेको धारणा राखे । इजिप्टमा रहेको अरब लिगको सचिवालयमा एक विशेष समारोहको आयोजना गरेर खोप हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो । चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो । चीनले यसअघि पनि कोभिडको सङ्क्रमणको शुरुआतका समयमा पनि कतिपय अरब देशलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।–सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  ०६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार