स्वास्थ्यमा सुधार आएपछि बेलायती राजकुमार फिलिप निजी अस्पताल फिर्ता

शनिबार, फागुन २२, २०७७

लण्डन । बेलायती राजकुमार फिलिपलाई फेरि निजी अस्पतालमा नै फिर्ता ल्याइएको छ । बिरामी भएपछि उहाँलाई शुरुमा निजी अस्पतालमा उपचार गराइएकोमा अपेक्षित सुधार नभएपछि गत सोमबार सरकारी अस्पतालमा लगिएको थियो ।  सरकारी अस्पतालमा केही दिन राखेर उपचार गर्दा उनको स्वास्थ्यमा सुधार भएपछि उनलाई फेरि निजी अस्पतालमा नै फिर्ता ल्याइएको हो । बेलायती महारानी एलिजावेथ द्धितीयका ९९ वर्षीय श्रीमान् फिलिपलाई शुक्रबार पुरानै ठाउँमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् । उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालबाट लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ । उनलाई लामो समयदेखि मुटुसम्बन्धी समस्या भएकाले केही हप्तादेखि उनको उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सुधार आएकाले उहाँले अहिले सहज महसुस गरेको बेलायती राजदरबार बकिङघमले जनाएको छ । झण्डै दुईहप्ता लण्डनस्थित अस्पतालमा उपचार गराइएकोमा अपेक्षित सुधार नभएपछि उनलाई सरकारी अस्पताल लैजानु परेको थियो ।  राजकुमार फिलिपले आउँदो जुन १० मा १००औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्धितीय भने अहिले ९४ वर्ष भएकी छन् । उनीहरुको बैवाहिक जीवन झण्डै ७३ बर्षको भएको छ ।– एएफपी
 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार