आफ्नै भवनमा गोदावरी नगरपालिका 

मनै लोभ्याउने कलात्मक भवन
शुक्रबार, फागुन २७, २०७८

ललितपर, २७ फागुन । ललितपुरको गोदावरी नगरपालिकाको मुख्य प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादृुर देउवाले अपराह्न नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको एक भव्य कार्यक्रमका बीच शुभारम्भ गर्ने कार्यक्रम छ । करीब २५ करोड लगानीमा निर्मित उक्त भवन कलात्मक र आकर्षक छ । आठ रोपनी क्षेत्रफलमा फौलिएको उक्त भवन २०७५ सालमा निर्माण सुरु गरिएको थियो । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले यो पटकको कार्यकालको यो महत्वपूर्ण उपलब्धि भएको बताए । 

उनले भने, ‘स्थापनाको छोटो अवधिमा नै भवन निर्माण सम्पन्न गर्नु सजिलो काम थिएन, तर हामीले ग¥यौं । ’ यो नगरपालिका नयाँ र उपत्यकाकै ठूलो नगरपालिका हो  । २०७४ सालमा तत्कालीन सरकारले साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाविस मिलाएर अहिलेको गोदावरी नगरपालिका बनाएको हो । 
यो भवन नगरवासीको सम्पत्ति भएको बताउँदै यसको संरक्षण सबैको दायित्व भएको प्रष्ट पारे । उनले आफ्नो यो पटकको कार्यकाल सफल भएको दाबी गर्दै प्रतिबद्धताको ८१ प्रतिशत काम सम्पन्न भएको बताए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार