सोसल मिडिया
Contact Us
युनिकोड
अमेरिको (न्यूयोर्क), २१ फागुन । संयुक्त राष्ट्र सङ्घले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौता ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ । “हामी युक्रेनी र रुसी वार्ताकारबीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको स्वागत गर्दछौँ,” राजनीतिक मामिलाका उप–महासचिव रोजमेरी डिकार्लोले विज्ञप्तिमार्फत सो कुरा उल्लेख गरेकी छन् । उनले भनिन् कि संयुक्त राष्ट्रसङ्घले बुझेको छ कि दुई पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकको लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको छ । “हामी आशा गर्दछौँ यो रिपोर्ट गरिएको सम्झौता ढिलाइ नगरी लागू हुनेछ र पूर्ण र विना शर्त युद्धबिराममा छिट्टै सहमति हुनेछ,” डिकार्लोले उल्लेख गरेकी छन् । संयुक्त राष्ट्रसङ्घले दुवै पक्षलाई वार्ता जारी राख्न, सुरक्षा, मानवीय र अन्य मुद्दामा तत्काल प्रगति गर्न आग्रह गरेको छ । रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय कोरिडोर व्यवस्थित गर्न सहमत भएका थिए । “मानवीय कोरिडोरको संगठनको लागि मात्र समाधान छ,” युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा भनेका छन् । रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका रुसी राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन् ।
रुसमा फेसबुक, ट्विटरमा प्रतिबिन्धत
रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोत विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ । मिडिया रिपोर्टले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरको रूसी वेबसाइट सबै ब्लक गरिएको बताए । मार्च २०२२ मा, रुसी भाषामा फेसबुक नेटवर्क (मेटा प्लेटफर्म, इंकको स्वामित्वमा रहेको) मा पहुँच रोक्ने निर्णय गरिएको हो । हामीले हाम्रा सेवा पुनःस्थापना गर्न सक्दो प्रयत्न जारी राख्नेछौँ ताकि तिनी सुरक्षितरूपमा आफूलाई अभिव्यक्त गर्न र कार्यको लागि संगठित गर्न मानिसका लागि उपलब्ध होऊन्, क्लेगले विज्ञप्तिमा उल्लेख गरेका छन् । यस हप्ताको शुरुमा, मेटाले राटी र स्पुतनिकजस्ता रूसी मिडिया आउटलेटमा पहुँच प्रतिबन्धित गरेको थियो । फेसबुकको सुरक्षा नीति प्रमुखले कम्पनीले युक्रेनको अवस्थालाई नजिकबाट नियालिरहेको र आफ्नो प्लेटफर्ममा मानिसको सुरक्षाका लागि चालेका कदम साझा गरिरहने बताएको थियो । सोमबार, ट्विटरले भन्यो कि यसले रूसी राज्य–सम्बन्धित समाचार स्रोतमा लिङ्क गर्ने ट्वीटको पहुँचलाई व्यवस्थित र सीमित गर्नेछ । यसले युक्रेन र रुसमा विज्ञापन गम्भीर सार्वजनिक सुरक्षा जानकारी उच्च छ भन्ने सुनिश्चित गर्न अस्थायीरूपमा निलम्बन गरिरहेको छ । यस हप्ताको शुरुमा, अमेरिकाले मस्कोलाई मिडिया स्वतन्त्रता र सत्यमा पूर्णआक्रमण बढाएको आरोप लगाएको थियो ।
पेरिसले युक्रेनी आणविक केन्द्रको सुरक्षाका लागि उपाय अगाडि बढाउने
फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA)को मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रको सुरक्षा गर्न आफ्ना साझेदारलाई विशेष कदम प्रस्ताव गर्ने एलिसी दरबारले जनाएको छ । युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टजापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन् । चेर्नोबिलमा पाँचौँ हाल सिल गरिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले IAEA निर्देशकसँग भेट गरेको उल्लेख गर्दै केही घण्टामाफ्रान्सले IAEA प्राविधिक मापदण्डमा आधारित युक्रेनको पाँच मुख्य आणविक वस्तुको सुरक्षा प्रदान गर्न आफ्ना मुख्य साझेदारलाई ठोस उपाय प्रस्ताव गर्नेछ, दरबारले विज्ञप्तिमा जनाएको छ ।–रासस/एएनआई