पेशावर मस्जिदमा भएको ‘भयानक हमलाको’ संयुक्त राष्ट्र प्रमुखद्वारा निन्दा

शनिबार, फागुन २१, २०७८
Global Ime Bank

अमेरिका (न्यूयोर्क), २१ फागुन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पाकिस्तानको पेशावर शहरमा ५० भन्दाबढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन् । “प्रार्थनागृह आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखःद् आक्रमणको निन्दा गर्दछु । आफ्ना प्रियजन गुमाउनेप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ,” उनले भने । 
शुक्रबार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीले शुरुमा दुईजना आक्रमणकारी संलग्न रहेको बताएका थिए ।
यद्यपि, पछि सार्वजनिकगरिएको CCTV फुटेजले कालो शल्वार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेकोर पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ ।
पाकिस्तानको मानवअधिकार आयोग (एचआरसीपी)ले शुक्रबार आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ जुन यसले शिया उपासकलाई लक्षित गर्ने उद्देश्यले गरेको थियो ।
उक्त आक्रमण स्पष्टरूपमा शिया उपासकलाई लक्षित गर्ने उद्देश्यले गरिएको थियो । पेशावर विस्फोटको निन्दा गर्दै एचआरसीपीले यो हमला स्पष्टरूपमा शिया उपासकलाई लक्षित गर्ने र साम्प्रदायिक संगठनको पहिचान बोकेको थियो भन्ने टिप्पणी गरेको छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार