युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट
शनिबार, फागुन २१, २०७८
Global Ime Bank

मस्को–रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी  युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

रुसको स्थानीय  समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् । 

नो–फ्लाई जोन अस्वीकार गरेपछि नेटोसँग जेलेन्स्की असन्तुष्ट

अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोले ‘नो–फ्लाई जोन’ स्थापनाका लागि अस्वीकार गरेपछि युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले नेटोकाे ‌अ‌ालोचना गरेका छन् । यसअघि नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगर्ने बताएका थिए ।

नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढंगले सहयोग गर्ने उनले बताएका थिए । यसैबीच, रुसी हमलाका कारण १२ लाख मानिस युक्रेन छोडेको राष्ट्रसंघको  शरणार्थी सम्बन्धी उच्च निकायले जनाएको छ । युक्रेनमाथि रुसी हमलाको १०अ‌ाै‌ दिन आज पनि विभिन्न सहरमा हमला भइरहेका छन् । 

 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार