सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा विगत २४ घण्टामा ५०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टिको छ । यो अवधिमा १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा देशभरि ३,११२ जनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल संख्या दुई लाख ११ हजार नाघेको छ । अहिले पुष्टि भएका ३०,९८६ जना सक्रिय सङ्क्रमित छन् । तर पर्याप्त परीक्षण नभएकाले सङ्क्रमितको संख्या धेरै हुनसक्ने विज्ञहरूको भनाइ छ । सरकारको तथ्यांकअनुसार मंगलवारसम्म नेपालमा १,२४७ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,८७८ जना सङ्क्रमणमुक्त भएका छन् ।् अहिलेसम्म कुल १७९,२४२ जना निको भएका छन् ।
को हुन् सङ्क्रमित ? सङ्क्रमितमध्ये २०४ जना महिला र २९८ पुरुष भएको मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंका २८९ जनासहित उपत्यकाका ३३९ जना छन् । अहिले देशभरि २८,२०७ सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन् । देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्षमा र ३८ जना भेन्टिलेरमा छन् ।