रुसी सेनाले १६० भन्दा बढी शैक्षिक संस्था ध्वस्त गरेको युक्रेनको विदेश मन्त्रालयको दाबी

शनिबार, फागुन २१, २०७८

कीभ (युक्रेन), २१ फागुन ।रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्णरूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (एमएफए)ले जनाएको छ ।
युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्णरूपमा ध्वस्त भएका छन् ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् । यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने बाचा पनि गरेका छन् ।
अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले प्रमुख रुसी बैंकहरूलाई अन्तर बैंक सन्देश प्रणाली, स्विफ्टबाट हटाउन सहमत भएका छन् । यसबाट रुसी बैंकहरूले रुसको सिमाना बाहिरका बैंकहरूसँग सुरक्षित रूपमा सञ्चार गर्न सक्ने छैनन् । राष्ट्रपति पुटिनले अमेरिका र उसका सहयोगीहरू विरुद्ध विशेष आर्थिक उपायको अध्यादेशमा पनि हस्ताक्षर गरेका छन् ।

सारा विश्व रुसको विरुद्धमा रहेको कीभका राजदूतको दाबी
युक्रेनमा रुसको आक्रमणपछि भएको दुरूपयोगको छानबिन गर्नसंयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषद्मा भएको भारी मतले राष्ट्रपति भ्लादिमिर पुटिनलाई “सारा संसार रुसको विरुद्धमा छ” भन्ने देखाएको कीभका राजदूतले बताएका छन् ।
युक्रेनी राजदूत येभेनिया फिलिपेन्कोले मतदानपछि पत्रकारहरूलाई भने, “पुटिनलाई सन्देश स्पष्ट छः तपाईं विश्वव्यापीस्तरमा एक्लो हुनुहुन्छ र सम्पूर्ण विश्व तपाईंको विरुद्धमा छ ।” रासस/एएनआई
 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार