पुटिनको चेतावनी - थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्

शुक्रबार, फागुन २०, २०७८
Global Ime Bank

काठमाडौं, २० फागुन : युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । 
उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन् । 

यो टिप्पणी त्यतिबेला आएको हो जतिबेला पुटिन एक सरकारी बैठकलाई सम्बोधन गरिरहेका थिए । जसलाई रूसको सरकारी टेलिभिजन रोसया २४ मा प्रत्यक्षप्रसारण गरिरहेको थियो ।

सम्बोधनमा पुटिलले दाबी गरे 'छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।' उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरि युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए । 

उनले भने, 'मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।'

रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।

जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन् । त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे । 

सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । 

शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ । 

प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुन: छलफल गर्ने सहमति भएको छ । - एजेन्सी 

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार