भारतमा सात हजार पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित 

बुधबार, फागुन १८, २०७८
Global Ime Bank

नयाँदिल्ली, १८ फागुन । भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।  सोही अवधिमा कोरोना सङ्क्रमणको २२३ को कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ को मृत्यु भएको जनाइएको छ ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा १४ हजार १२३ कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३ कोरोना मुक्त भएका छन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार