पाकिस्तानमा ७६५ कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु 

बुधबार, फागुन १८, २०७८
Global Ime Bank

इस्लामाबाद, १८ फागुन । पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी)ले बुधबार जानकारी दिएको छ । 
पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६लाई कोरोना सङ्क्रमण देखापरेको छ ।  तीमध्ये १४ लाख ४५ हजार २४५ कोरोना भाइरस मुक्त भएका छन् । हाल पाकिस्तानमा ९८१ गम्भीर बिरामीसहित ३५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप २२को मृत्यु भएसँगै पाकिस्तानमा कोरकशेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३० हजार २१८ पुगेको छ ।
पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख ६८ हजार ६३५ कोरोना सङ्क्रमण भएको छ । त्यसपछि पूर्वीप्रान्त पञ्जाबमा पाँच लाख एक हजार ७५८ कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार