युक्रेनकोे टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु

बुधबार, फागुन १८, २०७८
Global Ime Bank

किभ : दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । 

किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

बेलारुसले सीमामा सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने

बेलारुसले युक्रेनसँगको दक्षिणी सीमामा आफ्ना सुरक्षाकर्मीको संख्या दोब्बर पार्ने भएको छ । आगामी दुई दिनपछि सीमामा रहेका पाँच बटालियन सेनाको समूहलाई बढाएर दश पु¥याइने राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले घोषणा गरेका छन् । 

‘यी उच्च तालिमप्राप्त मोवाईल समूह हुन्, जसले विरोधीका जुनसुकै उत्तेजना र बेलारुसविरुद्धको सैन्य कारबाही रोक्न सक्छन्,’ युक्रेनतर्फ लक्षित गर्दै सुरक्षा परिषदको बैठकमा भने । 

सेनाको परिचालनलाई ‘रोकथम कार्य’ भन्दै त्यसले युक्रेनका कट्टरपन्थी र हतियारहरुको प्रवेश रोक्ने बताए । रुसलाई समर्थन गरेको भन्दै पश्चिमा देशहरुले बेलारुसलाई प्रतिबन्ध लगाएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार