सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । एक करोड ११ लाख ३९ हजार भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टा यता १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या बढेको सवा करोड हाराहारीमा पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९८ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ३४६ जना पुगेको छ । हाल भारतमा एक लाख ७० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख १२ हजारभन्दा बढी कोराना मुक्त भएका छन् । जनवरी १६ देखि सुरु भएको कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा एक करोड ५६ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी र प्रत्यक्षरुपमा सार्वजनिक क्रियाकलापसँग सम्बन्धित व्यक्ति छन् । भारत सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मङ्गलबारसम्म देशभर २१ करोड ८४ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । मङ्गलबार एकै दिनसात लाख ८५ हजार २२० जना व्यक्तिको कोभिड¬–१९ परीक्षण गरिएको थियो । भारतमा गत सोमबारदेखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।–सिन्ह्वा