दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा

बुधबार, फागुन १८, २०७८
Global Ime Bank

किभ–युक्रेनमा रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ । औषधी र खानेकुरालगायत खाद्यन्नको आपूर्ती सुनिश्चतका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन् ।

रुसी सेनाको हमलामा २०० जनाको मृत्यु भएको स्थानीय परिषद्का एक सदस्यले जानाकारी दिएका छन् । मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ । 

उत्तरपश्चिमी युक्रेनी सहर जाइटोमायरमा आपतकालीन कर्मचारीहरुले रुसी सेनाको मिसाइल हमलामा आवसीय भवनमा लागेको आगो निभाइरहेका छन् । सो सहरमा चार जना मारिएको रुसी अधिकारीहरुले जनाएका छन् । 

प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार