युक्रेनमा रुसी सेनाकाे आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु

मंगलबार, फागुन १७, २०७८
Global Ime Bank

काठमाडौं, १७ फागुन : युक्रेनको दोस्रो ठूलो सर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।

बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ । 

भारतको यो निर्देशनले युक्रेनमा भीषण युद्ध हुने संकेत गरेको छ । रुसी सेनाको बख्तरबन्द गाडी ६४ किलोमिटरसम्म लाम लागेर युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको छ ।

'तत्काल आजै राजधानी किभ छोड्नू'

भारतले आफ्ना नागरिकहरुलाई आजै ( मंगलबार) राजधानी किभ छोड्न अनुरोध गरेको छ । रुसी फौज युक्रेनका मुख्य सहर हमला गर्दै फेरि राजधानीतर्फ बढिरहेका विवरण सार्वजनिक भइरहेका बेला एउटा ट्राभल एडभाइजरी जारी गर्दै भारतले आफ्ना नागरिकलाई तत्काल आजै राजधानी किभ छोड्न अनुरोध गरेको हो ।  

‘रेल वा अन्य उपलब्ध अन्य माध्यमाफर्त तत्काल आजै’ किभ छोड्न सरकारले अनुरोध गरेको छ । ‘विद्यार्थीहरूसहित सबै भारतीय नागरिकहरूलाई आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ । विशेषतः उपलब्ध रेल वा अन्य उपलब्ध माध्यममार्फत ।’  युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार