रुसी हमलामा ७० युक्रेनी सेना मारिए

मंगलबार, फागुन १७, २०७८
Global Ime Bank

किभ, १७ फागुन । रुसी सेनाको हमलामा सोमबार कम्तिमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तर पूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् । सुमी क्षेत्रलाई रुसी फौजले अहिले घेरा हालिरहेको छ । सोमबार आपतकालीन मजदूरहरुले भग्नावेशषबाट जीवितको उद्दारको प्रयास गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । मृत्यु भएका सेनाप्रति युक्रेनको संसदले सहानुभूति जनाएको छ । उनीहरु मिसाइल प्रहारमा मारिएको युक्रेन सरकारले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १३:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार