उदयपुरमा स्थानीय तह निर्वाचनको तयारी पुरा

मंगलबार, फागुन १७, २०७८

उदयपुर, १६ फागुन : जिल्ला निर्वाचन कार्यालय उदयपुरले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेको  जनाएको छ । कार्यालयले मतदाता नामावलीको त्रुटि सच्याउन समय तोकेको छ । निर्वाचनका लागि मतदाता नामावलीमा देखिएको समस्यालाई समाधान गर्दै जनतालाई मतदान गर्न कसरी सहजीकरण गर्ने काम थालिएको छ । 

निर्वाचन कार्यालयले पार्टीका अध्यक्ष तथा प्रतिनिधि, सरकारी कर्मचारी, सङ्घ संस्था, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई कार्यालय गरेको कामको बारेमा जानकारी दिएको हो । जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकारी हिमालय बरालले निर्वाचन गतिविधिको बारेमा सम्बन्धित निकायहरूले आवश्यकता अनुसारको चासो नराखेको गुनासो गरे । 

बरालले स्थानीय जनप्रतिनिधि, पार्टी प्रतिनिधि तथा सञ्चार क्षेत्रले पनि यस विषयमा कुनै चासो नराखेको आरोप लगाए । सम्बन्धित निकायले नै चासोका साथ लागि पर्नु पर्ने बरालले जनाए । सबैले चासोका साथ निर्वाचन कार्यालयलाई सहयोग गर्दा यस्ता त्रुटि सच्चिएर जाने र सबैले मतदान गर्न पाउने उनले जनाए ।

मतदाता नामावली अद्यावधिक दाबी विरोधका लागि फागुन १९ देखि २६ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । मतदातामा देखिएको विभिन्न समस्या अनुरूप  त्रुटिलाई सच्याउन कार्यालयले विभिन्न मिति समय तोकेको छ । अद्यावधिक विरोधका लागि मतदाता त्रुटि भएमा, झुट्टा विवरण दिई नामावली समावेश गरेमा , मतदाताको नाम एक भन्दा बढी भएमा, नामावलीमा मृत्यु भएमा वा नागरिकता त्याग गरेमा, बसाई सराई गरेमा, मृत्यु भएका वा नागरिकता त्याग गरेमा, उजुरी परेको अवस्थामा मतदातालाई सपाइ दिनु पर्ने अवस्थाको बारेमा नामावली अद्यावधिक विरोध गर्न पाइने कार्यालयले जनाएको छ ।

माथि उल्लेखित अवस्था बाहेक अन्य अवस्थामा पनि दाबी विरोध गर्न पाइने जनाइएको छ । सबै प्रकारका त्रुटिहरूलाई सच्याउन मिल्ने र त्यसको लागी कार्यालयले तोकेको समय भित्र सम्बन्धित कार्यालय तथा व्यक्ति स्वायं उपस्थित भई नामावली बनाई ढुक्कले निर्वाचनमा भाग लिन सकिने जनाएका छन् । 

निर्वाचन ऐन अनुसार कार्यालयले काम गर्ने जनाएको छ । निर्वाचन कार्यालय, प्रशासन कार्यालय, स्थानीय तह, वडा कार्यालय र सम्बन्धित जिम्मेवार व्यक्तिसँग गर्न सकिने जनाएको छ । कार्यालयले वैशाख २९ सम्म १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले मतदान नामावली दर्ता गराएकाले निर्वाचनमा भाग लिन पाउने छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार