सोसल मिडिया
Contact Us
युनिकोड
पाकिस्तान (इस्लामावाद), १३ फागुन । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले विगतबाट पाठ नसिकेको र अर्काे जालमा फसेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्काे जालमा फस्ने छैन’ अल्वीले भने । राष्ट्रपति अल्वीको यो टिप्पणी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गरेका थिए । यद्यपि विश्लेषकले यो भ्रमणलाई असान्दर्भिक र मूर्खतापूर्ण भनेका छन् ।– रासस/एएनआई