किभ ९६ घन्टामा ढल्न सक्ने अमेरिकी आँकलन

शुक्रबार, फागुन १३, २०७८
Global Ime Bank

किभ, १३ फागुन  : युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ । बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको छ । एउटा मिसाइललाई देशको रक्षा प्राणालीले बिफल पारिदिएको बताएको छ ।

तर, अर्कोले मिसाइलले आवासीय भवनमा क्षति भएको छ । युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ । किभ ९६ घन्टामा ढल्ने र एक सातामा सरकार भत्किने अमेरिकी सुरक्षा अधिकारीहरुले आँकलन गरेका छन् । 

रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई  नियन्त्रणमा लिएको छ । भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन् । यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ । रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु वासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन् ।- एजेन्सी

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार