सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ३८ लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा विश्वभर ५ करोड ३८ लाख ४३ हजार २ सय ७० जना संक्रमित छन् । अमेरिकामा संक्रमितको संख्या एक करोड ८८ लाख ८ हजार ३ सय ७२ पुगेको छ । त्यस्तै भारतमा ८७ लाख ७३ हजार ४ सय ७९, ब्राजिलमा ५८ लाख ४८ हजार ९ सय ५९ र रुसमा १८ लाख ८७ हजार ८ सय ३६ जनामा ंसंक्रमण पुष्टि भएको छ । त्यस्तै विश्वभर कोरोना संक्रमणबाट १३ लाख ९ हजार ७ सय ८४ मानिसको मृत्यु भएको छ । अमेरिकामा २ लाख ४५ हजार ५ सय ७४, ब्राजिलमा १ लाख ६५ हजार ६ सय ५८, मेक्सीकोमा ९७ हजार ६ सय २४, बेलायतमा ५१ हजार ८ सय ५८, इटालीमा ४४ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । विश्वभर तीन करोड ४६ लाख ७६ हजार ९ सय ५५ जना संक्रमणमुक्त भएका छन् । तथ्यांक अनुसार ब्राजिलमा ५२ लाख ७९ हजार ४ सय ५२, अमेरिकामा ४१ लाख ४८ हजार ४ सय ४४, रुसमा १४ लाख १५ हजार २ सय १३ जना संक्रमणमुक्त भएका छन् ।
सार्कमा सबैभन्दा कम संक्रमण भुटानमा नेपालमा दुई लाख ८ हजार २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये एक लाख ७० हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय २ सय ३० जनाको मृत्यु भएको छ । भारतमा संक्रमितको संख्या ८७ लाख ७३ हजार ४ सय ७९ पुगेको छ । भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २९ हजार १ सय ८८ पुगेको छ । भारतमा हालसम्म ८१ लाख ६३ हजार ५ सय ७२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा हालसम्म ३ लाख ५४ हजार ४ सय ६१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये पाकिस्तानमा ७ हजार १ सय ९ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म ३ लाख २२ हजार ४ सय १४ जना उपचारपछि निको भएका छन् । बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३० हजार ४ सय ९६ पुगेको छ । बंगलादेशमा हालसम्म ६ हजार १ सय ७३ जनाको मृत्यु भएको छ । उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख ४७ हजार ८ सय ४९ छ । अफगानिस्तानमा संक्रमितको संख्या ४३ हजार ३५ पुगेको छ । अफगानिस्तानमा १ हजार ६ सय ५ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार ६७ जना उपचारपछि निको भएका छन् । माल्दिभ्समा संक्रमितको संख्या १२ हजार १ सय ५४ जना रहेको छ । मृत्यु हुनेको संख्या ४२ छ भने निको हुनेको संख्या ११ हजार २ सय ६२ पुगेको छ । श्रीलंकामा संक्रमितको संख्या १६ हजार ५ सय ८३ जना छ । संक्रमणपछि मृत्यु हुनेको संख्या ४८ छ भने निको हुनेको संख्या ११ हजार ३ सय २४ रहेको छ । भुटानमा संक्रमितको संख्या ३६९ र निको हुनेको संख्या ३४८ छ ।