दक्षिण कोरियामा ५–११ वर्षसम्मका बालबालिकालाई पनि खोप दिइने 

बुधबार, फागुन ११, २०७८
Global Ime Bank

सोल, ११ फागुन । दक्षिण कोरियामा ५–११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाइने भएको छ ।  देशको औषधि सुरक्षासम्वन्धी निकायले उनीहरुलाई खोप लगाउन अनुमति दिने निर्णय गरेको समाचारमा जनाइएको छ ।   कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि बालबालिकालाई सुरक्षित राख्नका लागि खोप लगाउने निर्णय गरिएको हो ।  बाह्र वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि नै खोप लगाउन अनुमति दिइएको थियो । तीन हप्ताको अन्तरमा बालबालिकालाई दुई खोप दिइने भएको छ ।   दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा एक लाख ७१ हजार ४५२ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार