दक्षिण कोरियामा जन्मदर घट्यो

बुधबार, फागुन ११, २०७८
Global Ime Bank

सोल, ११ फागुन । दक्षिण कोरियामा जन्मदर घटेको छ । यसअघि ०.८४ प्रतिशत जन्मदर रहेकोमा अहिले घटेर ०.८१ भएको दक्षिण कोरियाको तथ्याङ्क कार्यालयले जनाएको छ ।   यो जन्मदर सन् १९७० पछिकै सबैभन्दा कम भएको पनि सरकारी अधिकारीले जनाएका छन् । जन्मदर क्रमश घट्दै गइरहेको तथ्याङ्कमा देखिएको छ ।  सन् १९८४ मा जन्मदर १.७४ भएकोमा सन् २०१८ मा ०.९४ प्रतिशत, सन् २०१९ मा ०.२९ प्रतिशत र २०२० मा ०.८४ प्रतिशत भएको थियो ।  सन् २०२१ भरीमा दक्षिण कोरियामा झण्डै दुई लाख ६० हजार ५०० बालबालिका जन्मिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । ढिलो विवाह गर्ने र थोरै सन्तान जन्माउने प्रवृत्ति बढ्दै गएकोले जन्मदर पनि घट्दै गइरहेको विश्लेषण गरिएको छ । त्यसैगरी बालबालिकाको हेरचाह गरेर बस्ने महिलाको सङ्ख्या पनि कम भएको उनीहरुको भनाइ छ ।  सन् २०२१ मा झण्डै एक लाख ९२ हजार ५०० विवाह भएका छन् । अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या ९.८ प्रतिशत हो ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार