सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली, ११ फागुन । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८को मृत्यु भएको सङ्घीय स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ । पछिल्लो एक दिनमा ३१ हजार ३७७ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२को मृत्यु भएको मन्त्रालयले जनाएको छ ।– रासस/एएनआई