भारतले अफगानिस्तानमा दुई हजार पाँच सय टन गहुँ पठायो 

बुधबार, फागुन ११, २०७८
Global Ime Bank

भारत (वाघा), ११ फागुन । पाकिस्तानले ढुवानीका लागि ‘असाधारण’ अनुमति दिएपछि भारतले सङ्कटग्रस्त राष्ट्र अफगानिस्तानको लागि दुई हजार ५०० टन गहुँ बोकेको ५० ट्रक पठाएको अधिकारीले बुधबार जानकारी दिएका छन् । गत वर्ष तालिबानले कब्जामा लिएपछि पश्चिमी देशले सहायतामा तीव्र कमी ल्याएका छन् । जसले अफगानिस्तानलाई “विनाशकारी” मानवीय सङ्कटको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार दुई करोड ८० जनसंख्याको बहुमतलाई सहयोगको आवश्यकता रहेको छ । संयुक्त राष्ट्र सङ्घको अपीलको जवाफमा, भारतले पाँच हजार टन गहुँ उपहार दिने निर्णय गरेको थियो । लरीहरूको पहिलो चरणलाई मंगलबार पाकिस्तानको सीमानजिकै अमृतसरमा एक समारोहबीच अधिकारीले झण्डा देखाएका जनाइएको छ । भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले भन्यो कि यो ढुवानी आफ्नो क्षेत्रमार्फत पार गर्न अनुमति दिन “एक असाधारण आधारमा सहमत” थियो । नयाँ दिल्लीले भारत प्रशासित कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि इस्लामाबादले २०१९ मा भारतसँगको व्यापार निलम्बन गरेको थियो ।  अघिल्लो पश्चिमा समर्थित अफगान सरकारसँग घनिष्ट सम्बन्ध रहेको भारतले पनि कोभिड–१९ को खोपको पाँच लाख डोज, १३ टन औषधि र जाडो लुगा सहयोग गरेको थियो ।
भारतका लागि अफगान राजदूत फरीद मामुन्दजेले ट्वीटमार्फत अफगानिस्तानलाई भारतले गरेको यस गहुँ सहायोग यस कठिन घडीमा अरु कुनै पनि देशले गरेको खाद्य योगदान भन्दा ठूलो बताउनुभएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार