ब्राजिलमा बाढी पहिरोबाट १८५ को मृत्यु 

बुधबार, फागुन ११, २०७८
Global Ime Bank

ब्रासिलिया, ११ फागुन । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १८५ पुगेको स्थानीय अधिकारीले मङ्गलबार जनाएका छन् ।  रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ८५ अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । 
यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो ।  त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढीे थियो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।  त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । हालको रेकर्ड गरिएको मृत्युको संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो ।  यहाँ गएको आठ दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडक बन्द भएका छन् र भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीले जनाएका छन् । यहाँका उद्धारकर्मीको भनाइअनुसार सबैभन्दा बढी क्षति पेट्रोपोलिस सहरमा भएको छ । बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायःजसो विद्यालयमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ ।व्यवसाय मंगलबार पुनःखोल्न थालिएको छ । मानिसले आफ्ना घर, ऐतिहासिक भवन र डाउनटाउन क्षेत्र सफा गर्न जारी राखेका बताइएको छ । पहिरो र बाढीबाट हालसम्म करिब ६२० टन माटो निस्किएको फोहोर संकलन गर्ने कम्पनीले जनाएको छ ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार