सोसल मिडिया
Contact Us
युनिकोड
तेहरान, ९ फागुन । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी सहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किँएको र मृतकमध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ ।–रासस/एएफपी