इयुद्वारा सुडानलाई ४ करोड युरो बराबरको मानवीय सहायता विनियोजन 

सोमबार, फागुन ९, २०७८
Global Ime Bank

खार्तुम (सुडान), ९ फागुन । युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको, सुडानको आधिकारिक सुना समाचार एजेन्सीले आइतबार जनाएको छ । 
इयुले अन्तर्राष्ट्रिय एजेन्सीहरू मार्फत खाँचोमा परेका सुडानी जनतालाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुष्टि गरेको सुनाले  उल्लेख गरेको छ । “पूर्व र दक्षिणी अफ्रिकामा कमजोर जनसंख्याले सामना गरेका गम्भीर चुनौतीहरू गम्भीर मौसमी घटनाहरू, राजनीतिक अस्थिरता र द्वन्द्व र कोभिड–१९ महामारीको प्रभावका कारण झन् बढेको छ,“ जेनेज लेनार्किक, संकट व्यवस्थापनका लागि इयु आयुक्तले जनाएका छन ।त्यसैगरी २९४.३२ मिलियन युरो को इयु कोष जिबुटी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो (म्च्ऋ) र ग्रेट लेक्स क्षेत्र, इथियोपिया, केन्या, सोमालिया, दक्षिणी अफ्रिका र हिन्द महासागर क्षेत्र सहित अफ्रिकी देशहरू र क्षेत्रहरूमा परियोजनाहरूमा विनियोजन गरिनेछ । –एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार