रुसी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता

सोमबार, फागुन ९, २०७८
Global Ime Bank

पेरिस, ९ फागुन । रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उनीहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनीहरुबीच भएको कुराकानीका क्रममा युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएको बताइएको छ । पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ ।
अमेरिकासहितका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन् । तर यसको रुसले भने खण्डन गरेको छ । वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो । 
त्यसैगरी उनीहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँका बीचमा हरेक विषयमा वार्ताबाट समाधान गरी अघि बढ्नुपर्ने बारेमा कुराकानी भएको थियो ।

राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिन शिखर सम्मेलन गर्न सहमत 
मेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गर्नुभएको छ। युक्रेनको सिमानामा रुसी सेनाको ठूलो जमघटपछि पश्चिमी शक्तिहरूले युरोपेली युद्ध रोक्न अन्तिम प्रयास गरेका छन् । फ्रान्सका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको विज्ञप्तिमा जनाइएको छ । उनले राष्ट्रपति बाइडेन र राष्ट्रपति पुटिनबीच शिखर सम्मेलन गर्ने र त्यसपछि युरोपमा सुरक्षा र रणनीतिक स्थिरताबारे छलफल गर्न सम्बन्धित सरोकारवालाहरूसँग प्रस्ताव राखेको जनाइएको छ ।
राष्ट्रपति बाइडेन र पुटिन दुवैले यस्तो शिखर सम्मेलनको सिद्धान्तलाई स्वीकार गर्नुभएको दावी गरिएको छ। बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ । रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ ।
साथै  फार्न्सेली राष्ट्रपतिले यी छलफलहरूको विषयवस्तु तयार गर्न सबै सरोकारवालाहरूसँग मिलेर काम गर्नुहुने जनाइएको छ ।– रासस/एएफपी
 

 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार