सोसल मिडिया
Contact Us
युनिकोड
रिगा, ९ फागुन । विभिन्न तीन देशका विदेश मन्त्रीहरुले यसै हप्ता युक्रेनको भ्रमण गर्ने भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इस्टोनीया, लाट्भीया र लिथुनियाका विदेश मन्त्री युक्रेन जान लागेका हुन् । युक्रेनलाई सहयोग र समर्थन गर्न ती देशका विदेश मन्त्रीहरु युक्रेन जान लाग्नुभएको लाट्भीयाको विदेश मन्त्रालयले जनाएको छ । लाट्भीयाका विदेश मन्त्री एड्गार्स रिन्केभीस्कले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुहरु युक्रेन भ्रमणमा जान लागेको पुष्टि गरेका छन् । उनले आफूसँगै लिथुनिया र इस्टोनियाका समकक्षी पनि सँगै जान लागेको उल्लेख गर्दै मित्र राष्ट्रहरुको दायित्वअनुसार आफूहरुले भ्रमण गर्न लागेको स्पष्ट पारे । उनीहरुले आगामी बुधबार वा बिहीबार सुरु भइ शुक्रबारसम्म युक्रेनको भ्रमण गर्ने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । युक्रेनमाथी रुसले आक्रमण गर्न लागेको चर्चा चलिरहेका बेला उनीहरुले युक्रेनको भ्रमण गर्न लागेका हुन् ।– रासस/एएफपी