सोसल मिडिया
Contact Us
युनिकोड
टिबिलिसी, ९ फागुन । जर्जियाका पूर्वराष्ट्रपति मिखाइल साकाशभिल्लीले कारागारमै अनशन सुरु गरेका छन् । कारागारमै कैदी जीवन बिताइ रहनुभएका साकाशभिल्लीले आफूलाई पर्याप्त उपचार सेवा नदिइएको भन्दै अनसन सुरु गर्नु भएको हो । “मलाई पर्याप्त औषधि उपचार नगरिएकाले पर्याप्त औषधि उपचारको माग गर्दै मैले आजदेखि अनशन सुरु गरेको छु,” टिबिलिसी अदालतमा उनले सोमबार भने । स्वतन्त्र चिकित्सकहरुले आफूलाई पर्याप्त औषधि उपचार नपुगेको र तत्काल औषधि उपचार गर्नुपर्ने सुझाव दिएको उनको भनाइ छ । जर्जियाको विपक्षी दलका नेतासमेत रहेका साकाशभिल्लीले यसअघि गत वर्ष पनि ५० दिनसम्म अनशन गरेका थिए । झण्डै २५ वर्षीय शाकासभिली सन् २००४ देखि २०१३ सम्म गरेर दुई कार्यकालसम्म लगातार जर्जियाको राष्ट्रपति बनेका थिए । उनले सन् २०१५ को मेमा युक्रेनको नागरिकतासमेत लिएकोमा दुई वर्ष अगाडि युक्रेनले उनको नागरिकता खारेज गरिएको घोषणा गरेको थियो ।– रासस/एएफपी